Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरुलाई गाउँपालिकाको निर्देशन


2K
Shares

विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरुलाई गाउँपालिकाको निर्देशन

तम्घास, १३ वैशाख । गुल्मीको कालीगण्डकी गाउँपालिकाले वैशाख १४ गतेबाट विद्यालय सञ्चालन नगरे राजीनामा दिन शिक्षकहरुलाई निर्देशन दिएको छ ।

गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आइतबारदेखि विद्यालय सञ्चालन गर्न निर्देशन दिँदै विद्यालय सञ्चालन नगरे राजीनामा दिन वा सरुवाको प्रक्रिया अगाडि बढाई जानका लागि निर्देशन दिनुभएको हो ।

शिक्षकहरुको आन्दोलनका कारण नयाँ शैक्षिक सत्रमा भर्ना अभियानमा असर पर्नुका साथै नियमित पठनपाठन गराउने कार्यमा सहयोग गर्न उहाँले आग्रहसमेत गर्नुभएको छ ।

केही दिन पहिले पनि थापाले एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कारण ग्रामीणस्तरका सामुदायिक विद्यालयहरुमा विद्यार्थी सङ्ख्या न्यून हुने र शिक्षकहरुको आन्दोलनका कारण निजीमा जाने भएकाले विद्यालय बन्द हुने अवस्था आउने बताउनुभएको थियो ।

गाउँपालिका भित्र सामुदायिक र संस्थागत गरी ४५ विद्यालय रहेका छन् भने करिब तीन हजार विद्यार्थी सङ्ख्या रहेको शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology