Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

बिपद् जोखिम न्युनीकरण गर्न राज्यले थप तयारी गर्नु आवश्यक छ ः उपाध्यक्ष श्रेष्ठ


2K
Shares

बिपद् जोखिम न्युनीकरण गर्न राज्यले थप तयारी गर्नु आवश्यक छ ः उपाध्यक्ष श्रेष्ठ

गोरखा, १२ बैशाख ः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश) ले बिपद् जोखिम न्युनीकरण गर्न राज्यले थप तयारी गर्नुपर्ने आवश्यकता रहेको बताउनु भएको छ ।

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–२, बारपाकमा गोरखा भुकम्पको स्मृतिमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालमा बिभिन्नखालका बिप्दले ठूलो नोक्सानी गर्दै आएको भन्दै राज्यले विपद्जोखिम न्युनीकरणका लागि नयाँ ढंगले तयारी थाल्नुपर्ने बताउनुभयो ।

‘‘भुकम्पलगायतका अन्य विपद्का हिसावले नेपाल जोखिमयुक्त देश हो, उहाँले भन्नुभयो, ‘‘यहाँ भुकम्पको जोखिम सधै रहेको बिज्ञहरुले चेतावनी दिइरहेकाले राज्यले जोखिम न्युनीकरणका लागि आवश्यक तयारी गर्नुपर्छ ।’’ विगतमा भएका भुकम्पलगायतका अन्य विपद्बाट शिक्षा लिएर अघि बढ्नुपर्ने उहाँको भनाई छ ।

बिपद्लाई रोकेर रोक्न नसकिने भएपनि न्यनीकरण गरेर ठूलो जनधन रोक्न सकिने भएकाले जोखिम न्युनीकरण नै राज्यको महत्वपूर्ण पक्ष रहेको उपाध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।

‘‘गोरखा भुकम्पले देशलाई पुनःनिर्माणको एउटा अवसर पनि दिएको थियो, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, त्यसले हामीले कति सकारात्मक ढंगले त्यो अवसरलाई उपयोग गर्न सक्यौँ कति आफ्नै कमजोरीको कारण अवसरको रुपमा सदुपयोग गर्न सकेनौँ त्यसको समिक्षा गर्दै जानुपर्छ ।’’

अर्को फरक प्रसंगमा उपाध्यक्ष श्रेष्ठले सामाजिक आर्थिक रुपान्तरण, विकास र सम्बृद्धि जनताको जीवनस्तर उठाउनु देशको अहिलेको मुख्य कार्यभार भएको बताउनुभयो । ‘‘जनतालाई नयाँ जीवन दिन नेपालमा ठूलो सम्भावनाहरु छन्, उहाँले भन्नुभयो,‘‘ती सम्भावनाहरुलाई पक्डिएर फड्कोमार्न सक्नुपर्छ ।’’

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology