Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

भारत लैजादै गरेको गोरखाका ३ बालिकाको उद्वार


2.7K
Shares

भारत लैजादै गरेको गोरखाका ३ बालिकाको उद्वार

गोरखा, १० बैशाख । गोरखाको ३ जना बालिकालाई भारतमा लैजादै गरेको अवस्थामा प्रहरीले उद्वार गरेको । रोजगारीको प्रलोभनमा पारेर लादै गरेको अवस्थामा ति बालिकाहरुलाई बिरगञ्जबाट उद्वार गरीएको हो ।

उद्वार गरीएका सबै बालिकाहरुलाई निजका आफन्तलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

आरुघाट गाउँपालिका बस्ने १ जना ३७ बर्षिया महिलालाई Rajesh Rajesh फेसबुक मार्फत साथी बनेर भारतको  Super lGue Packing मा काम लगाईदिने बहानामा सोही महिलाले आफ्नै १५ बर्षिया छोरी र छोरीका अन्य २ जना साथीलाई लिएर जादै गर्दा बिरगञ्जबाट उद्वार गरी गोरखा ल्याईएको सूचना अधिकारी शर्माले बताउनुभयो ।

बैशाख ९ गते पोखराबाट बिरगञ्ज जाने बसमा आँबुखैरेनीबाट चढेका उनीहरु माथी नै बसका चालक ईन्द्रबहादुर थापाले शंका गरी आरुघाट ईलाका प्रहरी कार्यालयमा फोन गरी जानकारी दिए लगत्तै जिल्ला प्रहरी कार्यालय गोरखा, जिल्ला प्रहरी कार्यालय पर्सा, स्थानिय जनप्रतिनिधी र पिडितका आफन्त सहितको प्रयासमा बस चालकले पर्सा प्रहरीमा लगेर बुझाएको थियो ।

महिलालाई झुक्यानमा पारी हेटौडासम्म आउन र त्यहाँ आफु लिन आउने आसवासन दिएका ब्यतीको खोजी भई रहेको गोरखा प्रहरीले जानकारी दिएको छ । नामथर र वतन नखुल्ला ति ब्यतीको खोजीमा समस्या भई रहेको पनी प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology