गोरखा, ८ बैशाख । लियो जिल्ला परिषद ३२५ जे नेपालको अध्यक्षमा गोरखाका युवा निर्वाचित हुनुभएको छ । राजधानीमा हालै सम्पन्न अधिवेशनले गोरखाका बालकृण्ण परियालालाई अध्यक्षमा चयन गरेको हो । गण्डकी र बागमती प्रदेशमा रहेको जिल्लाहरुको लियो क्लबहरुको सहभागिता रहेको परिषदमा पहिलो पटक गोरखाका परियार अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
परियार यस अघि लियो क्लब अफ गोरखाको अग्रेजी बर्ष सन २०२२–०२३ मा अध्यक्ष, सन ०२३–०२४ मा डिस्ट्रिक सेक्रेटरी र सन ०२४–०२५ मा डिस्ट्रिक भाईस प्रेसिडेन्ट भएका थिए ।
अहिले भने उहाँ सन ०२५–०२६ का लागी परिषदको अध्यक्षमा निर्वाचित हुनुभएको छ । परिषदमा हालसम्म ३५ भन्दा बढी क्लब आबद्व भएको र त्यसमा १ हजारभन्दा बढी लियो सदस्य भएको पनि परियारले बताउनुभयो ।