Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा ढकाल,उपाध्यक्षमा सिंखडा चयन


3K
Shares

नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा ढकाल,उपाध्यक्षमा सिंखडा चयन

गोरखा, ८ बैशाख । नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा नरेन्द्र ढकाल निर्विरोध निर्वाचित हुनुभएको छ । हिजो सम्पन्न महासंघ गोरखा शाखाको सातौ अधिवेशनबाट ढकाल सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिका सदस्य सुशिलबाबु श्रेष्ठ (कैलास) ले जानकारी दिनुभयो ।

समितिको खुल्ला उपाध्यक्ष विकास मरहट्टा, समावेशी उपाध्यक्षमा अस्मिता सिखंडा, सचिवमा सुजन न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको उहाँले बताउनुभयो ।

त्यस्तै सहसचिवमा दानबहादुर गुरुङ, समावेशी सहसचिवमा मोहसिन अलिमियाँ, कोषाध्यक्षमा गुणराज रोका निर्वाचित हुनुभएको श्रेष्ठले बताउनुभयो ।

नवनिर्वाचित समितिको सदस्यमाहरु राजेश पौडेल, विमल श्रेष्ठ, संगीता चेपाङ, मेलिना वराम, विभर गुरुङ र सुदिप श्रेष्ठ निर्वाचित हुनुभएको उहाँले जानकारी दिनुभयो ।

अघिबेशनले महासंघको केन्द्रीय परिषद् सदस्यमा किरण लोहनी र नरहरी सापकोटालाई सर्वसम्मत निर्वाचित गरेको छ । सदस्यता विवादका कारण गएको पुस २८ केन्द्रीय समितिले देशभर एकैसाथ निर्वाचनको घोषणा गरेको भएपनि गोरखामा चुनाव हुन सकेको थिएन् ।

गोरखा शाखामा निर्वाचन हुन नसकेपछि केन्द्रले केहीदिनका लागि शाखालाई निलम्बन गरी फुकुवा गरेको थियो । केन्द्रीय समितिले बैशाख महिना भित्र निर्वाचन गर्न निर्देशन दिएपछि आज महासंघ गोरखाको शाखाको अधिबेशन सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology