Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

५ वर्षसम्मका २३ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै 


1.5K
Shares

५ वर्षसम्मका २३ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै 

काठमाडौँ, ६ बैशाख । सरकारले आज र भोलि देशभरका ६ महिनादेखि ५ वर्षमुनिका २४ लाख बालबालिका र एक वर्षदेखि ५ वर्षसम्मका २३ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ ।

आफ्नो बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन नजिकको खोप केन्द्रमा लैजान सरकारले आग्रह गरेको छ । सरकारले आज र भोलि देशभरका ६ महिनादेखि ५ वर्षमुनिका र एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन ५२ हजार स्वास्थ्यकर्मी परिचालन गरेको छ ।

बालबालिकाको पोषणको अवस्थामा सुधारका लागि यो कार्यक्रम सञ्चालन गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको पोषण शाखाका प्रमुख लिला विक्रम थापाले बताउनुभयो । भिटामिन ए र जुकाको औषधि खुवाउँदा फाइदा हुने चिकित्सक बताउँछन् ।

सरकारले बालबालिकालाई हरेक वर्ष वैशाख र कात्तिकमा गरेर दुई पटक भिटामिन ए र जुकाको औषधि खुवाउने गरेको छ । बालबालिकालाई अभियान नै चलाएर भिटामिन ए र जुकाको औषधि खुवाउनु राम्रो भए पनि आफ्नै घर वरिपरि पाइने खानेकुरा खुवाउन प्रेरित पनि गर्नुपर्ने पोषणविद् डा. अरुणा उप्रेतीले सुझाव दिनुभयो ।

भिटामिन ‘ए’ र जुकाको औषधि आफ्नो नजिकैको विद्यालय, स्वास्थ्य चौकी वा अरु कुनै सामुदायिक भवनमा गएर खुवाउन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology