काठमाडौं, २ बैशाख । साताको तेस्रो दिन आज सुनको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ मंगलबार १ हजार ७०० रुपैयाँले घटेर तोलाको १ लाख ७४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएको चैत ३१ गते सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ९४५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।