Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा मानव बेचबिखन कसुरमा एक युवक पक्राउ


2K
Shares

गोरखामा मानव बेचबिखन कसुरमा एक युवक पक्राउ

गोरखा, २७ चैत । मानव बेचबिखन तथा ओसारपसारको कसुरमा ५ वर्ष कैद सजाय तोकिएका गोरखा सदरमुकामका १ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–११ घर भएका २१ वर्षीय निरज ढकाल भएको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पुष्टी गरेको हो ।

सो टोलीले ढकाललाई गोरखाबाट पक्राउ गरेर राजधानी लगेको छ । ढकालले टोखामा घर भाडामा लिई खाजा सञ्चालन गर्र्दै आएका थिए । उक्त खाजा घरमा उनले बालिकालाई यौन व्यवसायमा लगाएका थिए ।

प्रति ग्राहक १ हजार रुपैयाँ लिएर बालिकालाई यौन कार्यमा लगाएको आरोपमा उनलाई ब्यूरोको टोलीले २५ मंसिर २०७९ मा पक्राउ गरेको थियो । त्यतिबेला उनी १ लाख धरौटीमा रिहा भएका थिए । फैसला हुँदा भने उनी दोषी ठहर हुँदै ५ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology