Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रिय स्तरको यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता गोरखामा भोलीबाट सुरु हुने


1.9K
Shares

राष्ट्रिय स्तरको यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता गोरखामा भोलीबाट सुरु हुने

गोरखा, २७ चैत । राष्ट्रिय स्तरको यु–१३ राष्ट्रिय फुटबल प्रतियोगिता आउदो बिहीबारबाट गोरखा सदरमुकाममा हुने भएको छ । द ओसन क्लब गोरखाको आयोजनामा हुने उक्त प्रतियोगिता आउदो ०८२ साल बैशाख १ गते सकिने आयोजकले जनाएको छ ।

क्लबले आज टाइसिट सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अमित खत्रीले देशैभरका १२ समूहले सहभागिता जनाउने बताउनुभयो ।

‘गोरखाको गौरव गोरखाको शान युवा फुटबल फुटबल बिकास हाम्रो अभियान’ नारा दिएको प्रतियोगितामा थ्री स्टार क्लब ललितपुर, समाज कल्याण खेलकुद केन्द्र क्लब काठमाडौं, जि एण्ड ए एकेडेमी काठमाडौं र घोडोघोडी फुटबल क्लब कैलालीको सहभागिता रहने छ ।

त्यसका साथै कटारी टाईगर फुटबल क्लब उदयपुर, नव जागृती भेट्रान्स क्लब सिमरा, पटिहानी फुटबल क्लब चितवन, नारायणगढ फुटबल क्लब चितवन, हिल्ली फिल्डर्स गोरखा एफ सी, द ओल्ड क्यापिटल मावि रानिबन गोरखा, लक्ष्मी सामुदायिक शिक्षा सदन लक्ष्मी बजार गोरखा र आयोजक द ओसन क्लबको समेत प्रतियोगितामा सहभागिता रहने अध्यक्ष खत्रीले जानकारी दिनुभयो । प्रतियोगिता लिगकम नकआउटको आधारमा खेलाईने छ ।

५ दिनसम्म चल्ने प्रतियोगितामा प्रतियोगिहरु बिच कुल ३९ खेल हुने छ । एउटा समूहले कम्तीमा पनि ५ खेल खेल्ने पनि पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो ।

प्रतियोगितामा बिजेतालाई रनिङ ट्रफी सहित २५ हजार नगदका साथ मेडल र प्रमाण पत्र उप बिजेतालाइ १५ हजार नगदका साथै मेडल र प्रमाण पत्र प्रदान गरीने आयोजकले जनाएको छ ।सोही प्रतियोगितामा प्लेट च्याम्पियन समूहले ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology