Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

गोरखामा दोस्रो रैथाने खाना महोत्सव २०८१ सुरु


2.8K
Shares

गोरखामा दोस्रो रैथाने खाना महोत्सव २०८१ सुरु

गोरखा, २७ चैत ।  गोरखामा हिजोदेखि दोस्रो रैथाने खाना महोत्सव २०८१ सुरु भएको छ । गोरखा होटल संघ, गोरखाको आयोजना एवं गोरखा नगरपालिकाको र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा खाना महोत्सवको आयोजनामा महोत्सव सुरु भएको हो ।

‘‘संस्कृति कला रैथाने, खाना–पर्यटन प्रवद्र्धन हाम्रो चाहाना’’ भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको महोत्सवको नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता एवं पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले समुद्घाटन गर्नुभएको हो ।

गोरखाको रैथाने खानाको पहिचान र प्रवद्र्धन गर्दै जिल्लालाई आन्तरिक र बाह्य क्षेत्रमा चिनाउन महोत्सव सहयोग पु¥याउने गोरखा होटल संघ गोरखाका महासचिव सुमन श्रेष्ठले बताउनुभयो ।

‘‘खाना महोत्सवले गोरखाको पर्यटन क्षेत्रमा नयाँ आयाम थपिनेछ, महासचिव श्रेष्ठले भन्नुभयो, ‘‘महोत्सवमार्फत यहाँको धर्म, संस्कृति रीतिरिवाज, परम्पराको संरक्षण र सम्वद्र्धनका लागि समेत टेवा पुग्नेछ ।’’ त्यस्तै महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुती, व्याक टु ९०, मध्यान्न, लेकाली, डिमर्चा, देउराली, कन्दरा, भगाव्याड, ब्रेसिस व्यान्डको प्रस्तुती रहनेछ ।

गोरखा नगरपालिकाले घोषणा गरेको गोरखा पर्यटन बर्ष २०२५ प्रर्वद्धन गर्न समेत महोत्सवले सहयोग पु¥याउने विश्वास लिइएको छ । महोत्सवमा लोपन्मुख अवस्थामा रहेका बिभिन्न सँस्कृतिहरु चुड्का, वालन, भ्याउरेलगायतका प्रस्तुतीलाई जोड दिइने उहाँले बताउनुभयो ।

जिल्ला भित्रका मा.विस्तरीय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक प्रर्दशनी, बिभिन्न जातीय भेषभुषाको पर्दशनी, रैथाने खाना प्रतियोगिता हुनेछ ।

महोत्सव गोरखा नगरपालिका–६, स्थित खेलकुद मैदानमा आयोजना गरिएको हो । महोत्सवको समुद्घाटन गर्नु अघि आज सदरमुकाममा बिभिन्न जातजातीको झाकी सहितको ¥याली निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology