Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बर्तमान सरकार भ्रष्ट कपटपूर्ण र जनविरोधी बनेको छ : उपाध्यक्ष श्रेष्ठ


1.7K
Shares

बर्तमान सरकार भ्रष्ट कपटपूर्ण र जनविरोधी बनेको छ : उपाध्यक्ष श्रेष्ठ

गोरखा, २७ चैत । नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बर्तमान सरकार भ्रष्ट र कपटपूर्ण सरकार भएको टिप्पणी गर्नुभएको छ ।

प्रेस सेन्टर नेपाल गोरखाले  सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका उहाँले सरकार कपटपूर्ण र जनविरोधी काम गरिरहेकाले प्रतिगामी शक्तिले सलवलाउने प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।

‘‘नयाँ नेपाल निर्माणको आजको हाम्रो कार्यभार हो, उहाँले भन्नुभयो, ‘‘नेपाली जनताको आवश्यकता अनुसार हरेक जनताको जीवनस्तर फेरिएको अनुभूति दिलाउनसक्नुपर्छ, त्यसका लागि सुशासन पहिलो आवश्यकता हो । ’’ उहाँले देशमा सुशासन कायम गर्न सके मात्र सम्बृद्धि हासिल गर्न सकिने बताउनुभयो ।

बरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीले गरेका प्रतिवद्धता पुरा गर्नका साथै गल्ती र कमिकमजोरीलाई आत्माआलोचना गर्नका लागि माओवादी केन्द्रले सुरु गरेको तराई मधेष जागरण अभियान चलाएको बताउनुभयो ।

‘‘माओवादीले अहिले थालेको अभियान संकल्प र प्रतिवद्धताको अभियान हो, उहाँले भन्नुभयो, ‘‘परिवर्तनको रक्षा र सरकारलाई खवरदारी तथा चेतावनीको रुपमा पनि अभियानलाई अगाडी बढाइएको छ ।’’ नेपाल निर्माणको प्रतिवद्धता माओवादी केन्द्रको रहेको भन्दै उहाँले देशलाई सम्बृद्ध बनाएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

अर्को फरक प्रसंगमा बरिष्ठ उपाध्यक्ष श्रेष्ठले तीनकुनेमा राजावादीहरुले गरेको आन्दोलनका क्रममा भएको घटनाको जनतालाई चित्त बुझ्ने गरि निस्पक्ष छानविन गर्नुपर्नेमा जोड दिनुभयो ।

बरिष्ठ उपाध्यक्ष श्रेष्ठले आज नै जिल्ला स्थित पार्टीका अगुवा नेता कार्यकर्ताहरु छलफल तथा अन्तरक्रिया गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology