Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

काठमाडौंको वायु प्रदुषण विश्वको पहिलो नम्बरमा, सावधानी अपनाउन आग्रह


2.3K
Shares

काठमाडौंको वायु प्रदुषण विश्वको पहिलो नम्बरमा, सावधानी अपनाउन आग्रह

गोरखा, २३ चैत । काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको स्तर खराब रहँदै आएको छ । वायु गुणस्तर मापन गर्ने कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार अहिले काठमाडौं उपत्यका विश्वको पहिलो प्रदुषित शहरमा रहेको छ ।

अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) १ सय ९३ रहेको छ । यसलाई अस्वस्थकर अवस्था मानिन्छ । यो अघिल्ला दिनको तुलनामा केही कम हो ।

विश्वका प्रदूषित शहरमध्ये दोस्रो नम्बरमा रहेको चीनको वुहानमा एक्यूआई १ सय ६६ रहेको छ । वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ भने ३०१ भन्दामाथि स्वास्थ्यको लागि खतरनाक तह मानिन्छ ।

यस्तै, २ सय १ देखि ३ सयसम्म निकै अस्वस्थ, १ सय ५१ देखि २ सयसम्म अस्वस्थ, १ सय १ देखि १ सय ५० हुँदा संवेदनशील समूहको लागि अस्वस्थ, ५१ देखि १ सय मध्यम मानिन्छ ।

जल तथा मौसम विज्ञान विभागले चैत, वैशाख र जेठ महिनामा डढेलो लाग्ने र पानी नपरेसम्म वायु प्रदूषण उच्च हुने सम्भावना रहेकाले अत्यावश्यक काम बाहेक प्रदुषण उच्च भएको समयमा घर बाहिर ननिस्कन अपिल गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology