Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा दरर्बार परिषरमा ‘चैते दशै मेला २०८१’ हुने


2.7K
Shares

गोरखा दरर्बार परिषरमा ‘चैते दशै मेला २०८१’ हुने

गोरखा, २१ चैत । कला, संस्कृती र पराम्परा जोगाउने उद्वेश्य सहित गोरखा दरर्बार परिषरमा ‘चैते दशै मेला २०८१’ हुने भएको छ । गोरखा उद्योग बाणिज्य संघको आयोजना र गोरखा नगरपालिकाको प्रवद्र्वनमा यही चैत्र २३ गते १ दिने मेला हुने संघका अध्यक्ष भगवानबावु मास्केले जानकारी दिनुभयो ।

मेलाका बारेमा जानकारी दिने उद्वेश्य सहित संघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बिगतमा हुने गरेको मेला ठप्प प्राय भएकोले कला, संस्कृती र पराम्परा जोगाउने उद्वेश्य सहित मेलाको आयोजना गरीएको अध्यक्ष मास्केले बताउनुभयो । ‘पराम्परागत चैते दशै मेला लोप हुने अवस्थामा पुग्यो’ उहाँले भन्नुभयो ‘ कला, संस्कृती र पराम्परा जोगाउने उद्वेश्यले पनि मेलाको आयोजना गरीएको हो ।’

आगामी बर्षहरुमा मेला ब्यवस्थित हुन थालेपछी भने संघले स्थानिय संघ संस्थालाई त्यसको जिम्मेवारी प्रदान गर्ने मेला संयोजक प्रकाशचन्द्र श्रेष्ठले बताउनुभयो ।
संयोजक श्रेष्ठका अनुसार उक्त दिनमा गोरखा नगरपालिका भित्रको ६ वटा नौमती बाजाको प्रतियोगिता हुनुका साथै धार्चे र सिरानचोक गाउँपालिकाको ठाडो भाखाको प्रस्तुती रहने छ ।

त्यसका साथै मनोरञ्जनका लागि बिंगो खेल, पृथ्वी गुरुङ, शिला आले, भूमिका जिसी र चित्र गरुङ प्रस्तुती रहेको छ । युवाहरु माझ लोकप्रिय रहेको हरवर्ड बान्डका सञ्जन आचार्यको प्रस्तुती, गोरखा मल्टी ट्यालेन्ट ग्रुपको साँगितीक कार्यक्रम राखिएको अध्यक्ष मास्केले बताउनुभयो ।

जिल्ला भित्रैको बिरेनचोकको घाँटु नाँच, बुंकोटको भजन र मनकामनाको चुड्का तथा कुमाल जातीको पाङदुरे पनि मेला आयोजना स्थलको फरक फरक स्थानमा प्रस्तुती हुने छ भने कालिका कला केन्द्रले समेत आफ्नो प्रस्तुती गर्ने भएको छ ।

मेलामा ५०० जनालाई निःशुल्क खानाको ब्यवस्था गरिएको छ भने लायन्स आँखा अस्पतालद्वारा आँखा शिविर, गोरखा अस्पतालले प्रार्थमिक उपचार केन्द्र स्थापना, रेडक्रसले निःशुल्क मास्क सहित स्यमं सेवकको ब्यवस्था गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

०४६ सालभन्दा अघिल्लो बर्षसम्म ३ दिनसम्म लाग्ने मेला त्यस यता शुन्य प्राय भएको छ । जिल्ला भित्र र बाहीरबाट गरी ८ हजार दर्शनार्थी सहितका मानिसले मेलामा सहभागिता जनाउने आयोजक संस्थाले अनुमान गरेको छ । संघले पहिलो पटक उक्त स्थानमा मेलाको आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology