गोरखा, २१ चैत । गोरखा सदरमुकाममा हालै निर्माण सम्पन्न भएको सार्वजनिक धाराको एक कार्यक्रम बिच उदघाटन गरीएको छ । गोरखा नगरपालिका–६ को कालिमाटी बजारको लोकतान्त्रिक चोक र गोरखा बसपार्कमा रहेको धाराको आज बिहान उदघाटन गरीएको हो ।
पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाले सर्व साधारणहरुलाई प्रयोग गर्न बनाएको सार्वजनिक खानेपानी धाराको मेयर कृण्णबहादुर राना मगर र उप–मेयर मसली मायाँ थोकर पुनःले उदघाटन गर्नुभएको हो ।
कालिमाटी बजारको धारा मेयर रानाले र बसपार्कको धारा उप–मेयर पुनःले बिहीबार बिहान उदघाटन गर्नुभएको हो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तरर्गत २ फरक स्थानमा १–१ हजार लिटर क्षमताको प्लाष्टिकको पानी टंकी राखेर खानेपानीको धारा निर्माण गरेको सल्लाहकार मोहनलाल श्रेष्ठले बताउनुभयो ।
दुवै स्थानमा भएको कार्यक्रममा प्रमुख अतिथी रहनुभएका मेयर राना र पुनःले धारा निर्माण संगै सर्व साधारणलाई पानी पिउन र सरसफाईमा सहजता हुनेभन्दै खुशी ब्यत्त गर्नुभयो । कार्यक्रममा पृथ्वीनारायण साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता संस्थाका पदाधिकारीहरु तथा स्थानियको उपस्थिती रहेको थियो ।