Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा सुन ठगी गरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ


3.1K
Shares

गोरखामा सुन ठगी गरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ

 

गोरखा, २१ चैत । ग्रामिण क्षेत्रमा सुनका गहना सफा गरीदिन्छु भन्दै सुन ठगी गरेको आरोपमा गोरखा प्रहरीले २ जना भारतीयहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार प्रदेश जदिया सुपौल बस्ने ३२ बर्षका पिन्टु शाह र ४१ बर्षका सन्तोषकुमार शाह भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

पक्राउ परेकाहरुले चैत्र १९ गते सिरानचोक गाउँपालिका–६ को भलाया डाँडामा स्थानियहरुको सुनका गहना सफा गर्ने बहानामा केमिकल प्रयोग गरी तौल घटाएर दिने गरेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरीएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । गोरखा प्रहरीले उनीहरुले प्रयोग गर्ने गरेको विभिन्न प्रकारको केमिलक समेत बरामद गरेको छ ।

दुवै जनालाई चैत्र २० गते ठगी मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । पक्राउ परेका दुवै जनाले यस अधि पनि यस्तै प्रकृतीको ठगी गरेको प्रमाणहरु फेला पारेको पनि गोरखा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology