Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकीका आठ जिल्लाका खेलकुद समितिमा राजनीतिक भागबण्डा ः गोरखाबाट अध्यक्षमा तामाङ चयन


1.6K
Shares

गण्डकीका आठ जिल्लाका खेलकुद समितिमा राजनीतिक भागबण्डा ः गोरखाबाट अध्यक्षमा तामाङ चयन

 

कास्की, २० चैत । गण्डकी प्रदेशका आठ जिल्ला खेलकुद विकास समितिहरूले पदाधिकारी पाएका छन् । प्रदेश खेलकुद परिषद गण्डकीको सभाकक्षमा गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको रोहबरमा परिषदका सदस्य सचिव श्रीधर शर्माले सपथ ग्रहण गराए सँगै आठ जिल्लामा पदाधिकारी मनोनयन भएका छन् ।

गण्डकी प्रदेशका जिल्ला खेलकुद विकास समितिहरू गत फागुन ९ गते रिक्त भएका थिए । गण्डकी प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले ६ जिल्लामा अध्यक्ष सहित कोषाध्यक्ष र सरकारमा सहकार्यको भूमिकामा रहेको नेकपा एमालेले ५ जिल्लामा अध्यक्ष र कोषाध्यक्ष पाउने गरी गरिएको सहमति बमोजिम पदाधिकारीहरू मनोनयन गरिएको हो ।

नेपाली कांग्रेसले ५ जिल्लामा उपाध्यक्ष र सचिव तथा नेकपा एमालेले ६ जिल्लामा उपाध्यक्ष र सचिवसहित पदाधिकारी मनोनयन गरिएको परिषदका अध्यक्ष एवम् मन्त्री थापाले बताउनुभएको छ ।

कुन जिल्लामा को को ?

गोर्खा(अध्यक्षमा प्रेम बहादुर तामाङ, उपाध्यक्षमा मकेश बानियाँ, सचिवमा अमृता गुरूङ र कोषाध्यक्षमा होम बहादुर थापा मगर हुनुहुन्छ भने लमजुङमा अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्ष अमृता पौडेल, सचिवमा मिनप्रसाद घले र कोषाध्यक्षमा रवि थापा, तनहुँमा अध्यक्षमा अनिल पाण्डे ९पुनः दोहोरिएको०, उपाध्यक्षमा इनकन पोख्रेल खनाल, सचिवमा विश्वकुमार बुढा र कोषाध्यक्षमा कविराज श्रेष्ठ, कास्कीमा(अध्यक्षमा मिलन गुरूङ, उपाध्यक्षमा तिलक अधिकारी क्षेत्री, सचिवमा अन्जु केसी र कोषाध्यक्षमा विग्नेश थापा, स्याङजामा(अध्यक्षमा प्रकाश रेग्मी ९पुनः दोहोरिएको०, उपाध्यक्षमा विजयविक्रम खाँड, सचिबमा विद्यादेवी भट्टराई र कोषाध्यक्षमा धिरज खाँड,पर्वतमा(अध्यक्षमा जङ्गबहादुर पुन मगर, उपाध्यक्षमा राजन गुरूङ, सचिवमा सपना पुर्जा पुन मगर र कोषाध्यक्षमा जगतप्रसाद लामिछाने, बागलुङमा(अध्यक्षमा ९निर्णय हुन बाँकी०, उपाध्यक्षमा कल्पना श्रेष्ठ र सचिवमा किशोर थापा, कोषाध्यक्ष ९मनोनयन हुन बाँकी०

म्याग्दी(अध्यक्षमा सुमन श्रेष्ठ, उपाध्यक्षमा विष्णुकुमार रोक्का, सचिवमा कुमार किशान र कोषाध्यक्षमा नरेश पुन र नवलपुर–निर्णय हुन बाँकी छ ।

सो अवसरमा बोल्दै मन्त्री थापाले सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तयारी अवस्थामा रहन आग्रह गर्दै पालिका हुँदै जिल्ला छनोटको कार्य जिल्ला खेलकुदको नेतृत्वमा रहेकोले उत्कृष्ट खेलाडी छनोट गर्न आग्रह गर्नुभयो । उहाँले दशौं राष्ट्रिय खेलकुदका लागि ३ करोड ३० लाख रकम विनियोजन गरिएको बताउँदै प्रदेश सरकार खेलाडीहरूको हितका लागि गम्भिर रहेको बताउनुभयो ।

कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरूङले खेलकुद विकासको अभिभारा जिल्ला समितिमा निहित रहेको बताउँदै समितिका पदाधिकारीहरूले आफ्नो जिम्मेवार अनुरूप अघि बढ्न आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology