Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

२२ सदस्यीय टोली लिएर नेपाली सेनाको विमान म्यानमार प्रस्थान


2.2K
Shares

२२ सदस्यीय टोली लिएर नेपाली सेनाको विमान म्यानमार प्रस्थान

काठमाडौँ, २० चैत । म्यानमारमा हालै गएको विनाशकारी भूकम्पका कारण भएको धनजनको क्षति पश्चात प्रभावितको उपचार र राहत लिएर नेपाली सेनाको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कुल २२ सदस्यीय टोली नेपाली सेनाको विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको हो ।

विभिन्न प्रकृतिका आवश्यक औषधि एवं उपकरणसहित उक्त टोलीमा सर्जन, अर्थोपेडिक, मेडिसिन चिकित्सक, नर्स तथा प्यारामेडिकहरु सहभागी भएका छन् ।

उक्त टोलीले करिब एक साता म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिने नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology