Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

प्रचण्डले गरे प्रेस सेन्टरको प्रशंसा, परिवर्तनको पक्षमा कलम चलाउन निर्देशन


1.6K
Shares

प्रचण्डले गरे प्रेस सेन्टरको प्रशंसा, परिवर्तनको पक्षमा कलम चलाउन निर्देशन

काठमाडौँ, १९ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनका विरुद्ध र परिवर्तनको पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गर्नु भएको छ ।

प्रेस सेन्टर नेपालको नव निर्वाचित पदाधिकारीलाई बधाई तथा शुभकामना दिदै अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो । पछिल्लो राजनीतिक अवस्थाले प्रेसको भूमिका र महत्वलाई बढाएको भन्दै उहाँले राष्ट्र, राष्ट्रियता र परिवर्तनको रक्षाका लागि प्रेसको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

बदलिएको राजनीतिक परिस्थितिमा प्रेसको भूमिका अग्र भागमा आएको उल्लेख गर्दै प्रचण्डले जनयुद्धमा जनमुक्ति सेनाले गर्ने गरेको प्रचारकर्ता, उत्पादनकर्ता र आन्दोलनकर्ताको भूमिका प्रेस सेन्टरले गर्ने बेला आएको बताउनुभयो ।

अहिले सूचना र प्रविधिको युग भएकाले पनि प्रेसको भूमिका धेरै ठूलो भएको उहाँको भनाई छ। प्रेस सेन्टरले अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरू सहमतिवाट र सहमति नजुटेका केही पदाधिकारी व्यवस्थित र कसैले खोट लगाउन नसक्ने गरी निर्वाचनवाट चयन गरेर नयाँ सन्देश दिएको उहाँले बताउनुभयो ।

निकै ठूलो केन्द्रीय समितिलाई ९९ मा झार्ने कुरा जोखिम र चुनौतीपूर्ण भए पनि बिधानमा व्यवस्था गरेर विधि प्रक्रिया वमोजिम जोखिमलाई सफलतापूर्वक अवतरण गराएकोमा प्रचण्डले निवर्तमान अध्यक्ष बिष्णुप्रसाद सापकोटा जुगल नेतृत्वको कमिटीलाई बधाई पनि दिनुभयो ।

प्रेस सेन्टरले उठाएको जोखिम र प्राप्त गरेको सफलता पार्टी, जवस मोर्चा र प्रेस सम्वद्व अन्य संगठनहरूकालागि पनि राम्रो उदाहरण बनेको अध्यक्ष प्रचण्डको भनाई छ ।

प्रेस सेन्टर नेपालले नेपालका प्रेस संगठन मध्य सवैभन्दा लोकतान्त्रिक, व्यवस्थित, अनुशासित र विधि, प्रक्रियामा चल्ने संस्थाको रूपमा आफुलाई प्रस्तुत गरेको प्रचण्डले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology