Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

बारपाक सुलिकोटमा २७० जना एसइइ दिएर बसेका बिद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर तालिम दिदै


2.7K
Shares

बारपाक सुलिकोटमा २७० जना एसइइ दिएर बसेका बिद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर तालिम दिदै

गोरखा, १९ चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले एसइइ परिक्षा दिएर बसेका बिद्यार्थीहरुलाई निःशुल्क कम्प्युटर तालिम दिने तयारी गरेको छ ।

हालै सम्पन्न एइइ परिक्षा दिएर बसेका पालिका भित्रका २७० जना बिद्यार्थीहरुलाई पालिकाले ३ महिनो निःशुल्क आधारभूत कम्प्युटर तालिमा दिन लागेको प्रमुख प्रशासकीय अधिकृत सुवास आलेले जानकारी दिनुभयो ।

अहिले प्राविधिक ज्ञान अन्तरर्गत कम्प्युटर चलान नजान्नेले रोजगारी समेत पाउन मुश्किल हुने भएकोले बिद्यार्थी लक्षित कार्यक्रम ल्याईएको अधिकृत आलेले बताउनुभयो । ‘कम्प्युटरको ज्ञान भएन भने सबै क्षेत्रमा पछाडी परिन्छ’ उहाँले भन्नुभयो ‘बिद्यार्थीहरुलाई प्रविधिमा क्षमतावान बनाउन र स्वरोजगार बनाउन यसले मद्वत पनि गर्छ ।’

उहाँका अनुसार पालिकाले हालै सूचना जारी गर्दै बिद्यार्थीहरुबाट आवेदन माग गरेको छ । पालिका भित्र पायक पर्ने सूर्यज्योति मावि ताकुकोट, माझथर मावि स्वाँरा, हिमालय मावि सौरपानी, हिमालय मावि बारपाक, शैलपुत्ती मावि पाँचखुवा देउराली, दुर्गा मावि रञ्चोक र अन्तरज्योति मावि डाँडागाउँमा बिद्यार्थीहरुलाई सम्र्पक राख्न भनेको हो ।

आर्थिक बर्ष २०८१÷०८२ को स्वीकृत कार्यक्रम ‘एसइइ दिएका बिद्यार्थीहरुलाई कम्प्युटर शिक्षा’ नामक कार्यक्रम अन्तरर्गत बजेट बिनियोजन गरेर तालिम दिने ब्यवस्था गरीएको अधिकृत आलेले बताउनुभयो । उक्त कार्यक्रमकालागी पालिकाले ३ लाख रुपैयाँ बिनियोजन गरेको छ ।

पालिका भित्र रहेको सबै माध्यामिक बिद्यालयहरुमा यो तालिमा सञ्चालनको तयारी पुरा भएको छ । बिद्यार्थीहरुकोलागी आवश्यक कम्प्युटर र त्यसका शिक्षक सबै बिद्यालयमा भएकाले पनि तालिम सञ्चालनमा कुनै समस्या नआउने उहाँको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology