काठमाडौं, १८ चैत । समाजवादी मोर्चाको बैठक जारी रहेको छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरू भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द,नेसपा महेन्द्रराय यादवलगायत शीर्ष नेताहरूको उपस्थिति छ। बैठकले आगामी रणनीति तयसमेत गर्ने बताइएको छ ।
बैठकमा राजावादी शक्तिहरूले व्यवस्था विरोधी गतिविधि गर्न थालेपछि त्यसको प्रतिवादका लागि मोर्चामा आवद्ध दलहरूले चैत्र १५ गते गरेको प्रदर्शनको समेत समीक्षा हुनेछ ।
यसैगरी सरकारले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको भन्दै विपक्षी दलहरूले सदन र सडकमा विरोध जनाएका छन् ।
विपक्षी दलहरूले अवरोध गर्दा हालसम्म प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवै सदनका बैठक स्थगित भएका छन् । मोर्चाको बैठक यिनै विषयवस्तुमा केन्द्रित हुने जनाइएको छ।