Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

विश्व बैँकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने


2.3K
Shares

विश्व बैँकले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने

काठमाडौँ, १७ चैत । विश्व बैँकले नेपाललाई १५० मिलियन डलर सहयोग उपलव्ध गराउने भएको छ । विश्व बैँकको कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालका रणनीतिक सडक सञ्जाल विस्तारका लागि सो वित्तीय सहायता दिने निर्णय गरेको हो ।

सडक विभागमार्फत परिचालन हुने यो सहायताबाट रणनीतिक सडक विस्तार गरिने छ भने पुलहरूको मर्मत सम्भारमा समेत उपयोग गरिने छ । नेपाललाई दिने वित्तीय सहायता बोर्ड बैठकबाट अनुमोदन भएको जानकारी दिँदै विश्व बैँकका माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि क्षेत्रीय निर्देशक डेविड सिस्लेनले रणनीतिक सडक बिस्तारले बजार र सेवासम्मको पहुँच विस्तारमा सघाउ पुग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘नेपालको सडक सञ्जालको प्रतिरोध क्षमता सुरक्षित र दिगो जडानका लागि आधारभुत छ । यो कार्यक्रमले प्रतिरोधात्मक पूर्वाधार विकासमा जोड दिन्छ र संवेदनशील समुदायलाई बजार र सेवासम्म पहुँच पुर्‍याउने काम गर्छ, साथै नेपालको दिगो वृद्धि प्रवर्धन गर्न मद्दत गर्छ ।’

विश्व बैँककाअनुसार यो कार्यक्रमले सडक विभागको क्षमता सुदृढ गर्नका लागि समेत सघाउ पुग्ने छ भने प्रभावकारी पूर्वाधार व्यवस्थापनका लागि संस्थागत प्रणालीलाई अझ बलियो बनाउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology