Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

म्यानमार भूकम्पस् एक हजारभन्दा बढीको मृत्यु


1.8K
Shares

म्यानमार भूकम्पस् एक हजारभन्दा बढीको मृत्यु

काठमाडौँ, १७ चैत । शुक्रवार म्यानमारको मण्डले क्षेत्रमा ७।७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछि केही मिनेटमै ६।४ म्याग्निच्युडको परकम्प गएको थियो । जसले धेरै देशहरूमा ठुलो हताहत र क्षति पुर्‍याएको छ ।

शनिवारसम्म विपत्तिले म्यानमारमा मात्र १ हजार २ जनाको मृत्यु भएको छ, २ हजार ३७६ जना घाइते भएका छन् । ३० जना बेपत्ता रहेको देशको राज्य प्रशासन परिषद्को सूचना टोलीले रिपोर्ट गरेको छ ।

भूकम्पको केन्द्रबिन्दु १५ लाख जनसङ्ख्या भएको देशको दोस्रो ठुलो सहर मण्डलेबाट लगभग २० किलोमिटर टाढा मात्र थियो ।

राष्ट्रिय विपद् व्यवस्थापन समितिले सागाइङ क्षेत्र, मण्डले क्षेत्र, म्याग्वे क्षेत्र, शान राज्यको उत्तरपूर्वी भाग, ने पि ताव र बागो क्षेत्रको राजधानीमा आपत्कालीन अवस्था घोषणा गर्‍यो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology