Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

राजधानीको नागार्जुनमा जिप दुर्घटना हुँदा गोरखाका पाण्डेको मृत्यु, अन्य २ जना गोरर्खाली घाईते


4K
Shares

राजधानीको नागार्जुनमा जिप दुर्घटना हुँदा गोरखाका पाण्डेको मृत्यु, अन्य २ जना गोरर्खाली घाईते

गोरखा, १७ चैत । काठमाडौंको नागार्जुन नगरपालिका–८ ठुलो खोला नजिकै गएराति भएको गाडी दुर्घटनामा परी गोरखाका १ मृत्यु भएको छ ।

धादिङबाट काठमाडौं तर्फ जादै गरेको प्र ३–०१–०२४ च ८३२२ नम्बरको खसी बोका बोकेको टाटा गाडी साइड दिने क्रममा रोडबाट अन्दाजी ४०० मिटर तल खसेको थियो ।

सोही दुर्घटनामा परी गोरखाका ५० वर्षीय गोकुल पाण्डेको ज्यान गएको हो । राति ८ः ५० बजे दुर्घटना भएकोमा परी उनी गंभिर घाईते भएका थिए । उनको उपचारको लागि अस्पताल पुर्‍याइएको भएता पनी राति १०ः२२ बजे चिकित्सकहरुले मृत्त घोषित गरेका थिए ।

सो दुर्घटनामा गोरखाकै ४१ वर्षीय जमालुदिन मिया र ४३ वर्षीय रामजी भट्ट घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology