Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

निवृत्त शिक्षक समाज गोरखाको अध्यक्षमा श्रेष्ठ सर्व सम्मत चयन


1.8K
Shares

निवृत्त शिक्षक समाज गोरखाको अध्यक्षमा श्रेष्ठ सर्व सम्मत चयन

गोरखा, १७ चैत । निवृत्त शिक्षक समाज गोरखाको अध्यक्षमा रामबावु श्रेष्ठ सर्व सम्मत रुपमा चयन हुनुभएको छ । शनिबार गोरखा सदरमुकाममा भएको निवृत्त शिक्षकहरुको भेलाले श्रेष्ठलाई सर्व सम्मत रुपमा अध्यक्षमा चयन गरकेो हो ।

सदरमुकाममा भएको ९औं साधारण सभा एवं ५औं अधिवेशनले उपाध्यक्ष द्ववमा कपिलबावु अर्याल र सरोजबावु ढकाल, सचिवमा अनन्त न्यौपाने र कोषाध्यक्षमा शिवराम कट्टेललाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा कल्पना बानियाँ, देवराज उपाध्याय, बावुराम कट्टेल, दिपकबावु बिक, मिनबहादुर नेपाली, प्रेमबहादुर खत्री, यदुप्रसाद लामिछाने, अब्दुलकरिम मियाँ र श्यामप्रसाद लामिछाने चयन भएका छन् ।

अधिवेसनले केन्द्रिय प्रतिनिधिमा प्रेमबहादुर थापा, बमबहादुर थापा, बावुराम अर्याल र जिवनज्योति कट्टेललाई चयन गरेको छ । सोही अधिवेसनमा पूर्व अध्यक्षहरुलाई सम्मान समेत गरीएको निवृत्त शिक्षक समाज गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology