गोरखा, १६ चैत । गोरखा बजार र आसपासका साथै अधिकांस स्थानमा आज दिउसो बिद्युत अबरुद्व हुने भएको छ । गोरखा बितरण केन्द्रले एक सूचना जारी गर्दै शनिबार बिहान १० बजेदेखी दिउसो ४ बजेसम्म बिद्युत अबरुद्व हुने जनाएको हो ।
आँबु खैरेनीदेखी गोरखासम्मको ३३ केभि प्रसारण लाईनको आसपासमा रहेका रुखका हाँगाबिगाँहरु काटने र लाईन मर्मत तथा फिडर थप गर्ने कार्य तालिका भएकोले शनिबार दिउसो बिद्युत अबरुद्व हुने केन्द्र जारी गरेको सूचनामा उल्लेख गरेको छ ।
जारी सूचना अनुसार नयाँबजार, छेवेटार, बुंकोट र महेन्द्र ज्योति फिडरबाट बितरण गरिएका बिद्युत अबरुद्व हुने छ ।
बिद्युत अबरुद्व हुदा गोरखा नगरपालिका सबै भाग, पालुङटार नगरपालिको खोप्लाङ, मिरकाट लगाएतका स्थानहरु, भिमसेन थापा गाउँपालिका सबै भाग, सिरानचोक गाउँपालिकाको छोप्राक, गाँखु लगायतका स्थानहरुमा बसोबास गर्नेहरुले सेवा लिन सक्ने छैनन ।
त्यसैगरी, शहिदलखन गाउँपालिकाको सबै भागका साथै बारपाक सुलिकोटको पन्द्रुङ, पाँचखुवा देउराली, ताकुकोट र ताकुमाझ लाकुरी बोट क्षेत्रका सबैले दिउसो बिद्युत उपभोग गर्नबाट बञ्चित हुने छन् ।
समय अगावै कार्य सम्पन्न भएको खण्डमा तत्कालै बिद्युत सप्लाई सूचारु हुने र मौसम प्रतिकुल भई कार्य गर्न सम्भव नभएमा बिद्युत सेवा अबरुद्व नहुने पनि सूचनामा भनिएको छ ।