Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

दुर्गा प्रसाईंविरूद्ध साइबर ब्युरोमा उजुरी


2K
Shares

दुर्गा प्रसाईंविरूद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं, १५ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालले शुक्रबार साइबर ब्युरो कार्यालयमा पुगेर प्रसाईंविरूद्ध उजुरी दिएको हो । नेपाल लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई लक्षित गरी गलत तथा घृणास्पद अभिव्यक्ति फैलाएको भन्दै मायाको चिनो नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले जाहेरी दिनुभएको हो ।

प्रसाईंले समलिङ्गी विवाहलाई युएसएआइडीद्वारा वित्तीय सहयोग गरिएको भनि झुटो प्रचार गरिरहेको जाहेरीमा उल्लेख छ। यस्तै त्यो पूर्णतः भ्रामक र नेपालको अल्पसंख्यक समुदायको कानुनी पहिचान तथा ऐतिहासिक निर्णयहरूको अपमान गरिएको जाहेरीमा उल्लेख गरिएको छ ।

मायाको चिनो नेपालका कार्यकारी निर्देशक पन्तले प्रसाईंविरूद्ध अनलाइन अभिव्यक्ति तथा गतिविधिको छानबिन गरी साइबर अपराध ऐन अनुसार कारबाहीको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology