Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

टिकटक बेचे चीनलाई भन्सार शुल्क घटाउने ट्रम्पको प्रस्ताव


2.5K
Shares

टिकटक बेचे चीनलाई भन्सार शुल्क घटाउने ट्रम्पको प्रस्ताव

काठमाडौं,१४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको बिक्रीका लागि चीनलाई एक प्रस्ताव राखेका छन्। बीबीसीका अनुसार ट्रम्पले टिकटक बिक्री प्रक्रिया सुनिश्चित गरे अमेरिकाले चीनमाथि लगाइएको भन्सार शुल्क घटाउन तयार रहेको बताएका छन् ।

टिकटक चिनियाँ कम्पनी बाइटडान्स स्वामित्वको एप हो । ट्रम्पले टिकटक खरिद गर्ने कुनै गैर(चिनियाँ खरिदकर्तालाई खोज्न ५ अप्रिलको समयसीमा लम्ब्याउन आफू तयार रहेको पनि बताएका छन् ।

यसअघि पूर्व राष्ट्रपति जो बाइडेन प्रशासनअन्तर्गत टिकटकमा प्रतिबन्ध लगाउने एक कानुन पारित भएको थियो। तर, ट्रम्पले सत्ता सम्हालेपछि जनवरीमा उक्त कानुन लागू गर्न ढिलाइ गरिएको थियो ।

यो कानुन सन् २०२४ मा पारित भएको थियो। राष्ट्रिय सुरक्षालाई आधार मानेर टिकटकलाई बेच्ने वा यसमा प्रतिबन्ध लगाउने निर्णय गरिएको थियो । बुधबार ट्रम्पले पत्रकारहरूसँग भने, ‘टिकटकको विषयमा चीनले भूमिका निभाउनुपर्छ ।

मलाई लाग्छ, उनीहरूले त्यसो गर्नेछन् ।’ उनले अगाडि थपे, ‘यो काम सफल बनाउनका लागि म ट्यारिफमा केही कटौती गर्न सक्छु, वा अरू केही कदम चाल्न सक्छु ।’ ट्रम्पले ५ अप्रिलको समयसीमाभित्र यो मुद्दामा सहमतिको ढाँचा तयार हुने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology