Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

संक्रमणकालीन न्यायमा राजनीति नगरौं : प्रचण्ड


2.2K
Shares

संक्रमणकालीन न्यायमा राजनीति नगरौं : प्रचण्ड

काठमाडौं,१४ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउने क्रममा कसैले पनि राजनीति गर्न नहुने बताउनुभएको छ । उहाँले पीडितहरुलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्नेमा जोड दिनुभयो ।

संक्रमणकालीन न्यायसँग सम्बन्धित राष्ट्रिय सम्मेलनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नेपालको शान्ति प्रक्रिया मौलिक ढंगले अगाडि बढेको भन्दै द्वन्द्व पीडितहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्रै शान्ति प्रक्रियालाई दिगो बनाउन सकिने धारणा राख्नुभयो ।

द्वन्द्व पीडितहरुलाई केन्द्रमा राखेर संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा प्रमुख दलहरुबीच विमती नभएको पनि प्रचण्डले बताउनुभयो । ‘अहिले पनि राजनीतिक दलहरुबीच विवादहरु छन् । प्रमुख दलहरु नै पनि कोही सत्तापक्षमा छौं, कोही प्रतिपक्षमा छौं, विवाद चलिरहेको छ, सदनमा बहस भइरहेको छ, थुप्रैथुप्रै कुराहरु छ,’ प्रचण्डले भननुभयो, ‘तर तमाम विवाद र विमतीका बीच पनि शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउनुपर्छ भन्नेमा इनप्रिन्सिपल हामी कहिल्यै पनि विवादमा भएनौं ।’

संक्रमणकालीन न्याय राष्ट्रिय मुद्दा भएको भन्दै उहाँले यसमा राजनीति गर्नु नहुनेमा जोड दिनुभयो ।

कहिले प्राविधिक, कहिले कानुनी, कहिले राजनीतिक समस्याका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न समय लागेको भन्दै उनले यसलाई पनि नेपालको मौलिक विशेषता अनुसार अगाडि बढ्ने विश्वास व्यक्त ग र्नुभयभो ।

नेपालको शान्ति प्रक्रियालाई अगाडि बढाउनुपर्छ भन्नेमा आफूहरु केन्द्रित भएको बताउँदै प्रचण्डले भन्नुभयो, ‘फौजदारी कानुन जस्तो यो होइन । संक्रमणकालीन न्यायका आफ्नै केही फन्डामेन्टल मान्यताहरु छन् । यो एस र नो जस्तो नभएर केही नर्मस् एण्ड भ्यालु र सम्बन्धित देशको विशेषता अनुसार हेर्नुपर्ने पनि हुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology