Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

अमेरिका आयात हुने कारमा २५ प्रतिशत शुल्क लगाउने ट्रम्पको निर्णय


1.7K
Shares

अमेरिका आयात हुने कारमा २५ प्रतिशत शुल्क लगाउने ट्रम्पको निर्णय

काठमाडौं, १४ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत ट्यारिफ ९शुल्क० लगाउने घोषणा गरेका छन् ।

ट्रम्पको भनाइ अनुसार कारमा लगाइएको नयाँ ट्यारिफ २ अप्रिलबाट लागु हुने छ । कारका पार्टपुर्जामा लगाइने ट्यारिफ भने मई वा त्यसपछि सुरु हुने छ ।

ट्रम्पको यो कदमबाट ‘ग्लोबल ट्रेड वार’ सुरु हुने आशंका बढेको बीबीसीले जनाएको छ । तर राष्ट्रपति ट्रम्पले भने आफ्नो यो कदमबाट कार इन्डष्ट्रीमा शानदार प्रगति हुने जिकीर गरेका छन् । उनी यो कदमबाट अमेरिकामा रोजगार र लगानी पनि बढ्ने विश्वासमा छन् ।

विज्ञहरुको अनुमान भने ट्रम्पको भनाइभन्दा फरक छ । उनीहरुका अनुसार ट्रम्पको यो कदमबाट अमेरिकामा महत्वपूर्ण कार उत्पादन अस्थायी रुपमा बन्द हुनसक्छ, मूल्य बढ्न सक्छ र सहयोगी देशसँगको सम्बन्ध बिग्रिन सक्छ । अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो, जसको मूल्य करिब २४० बिलियन डलर थियो ।

अमेरिकामा सबैभन्दा बढी मेक्सिकोमा बनेका कार आयात हुने गर्दछन् । त्यसपछिको सूचीमा दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी छन् । बीबीसीका अनुसार ट्रम्पको नयाँ कदमले विश्वस्तरमा हुने कारको व्यापार र यसको वितरण प्रणाली प्रभावित हुने खतरा छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology