गोरखा, १४ चैत । एसइई परीक्षा दिन आएका एक बालकको बुढीगण्डकी नदीमा डुवेर मृत्यु भएको छ । मृत्यु हुनेमा आरुघाट गाउँपालिका–१ का १६ बर्षीय यूनिष गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
एसइई परीक्षा दिन सोही गाउँपालिकाको वडा नम्वर ४ स्थित थुमी आएका उहाँको बुधवार साँझ बुढीगण्डकीमा पौडी खेल्न रहेछन्, सूचना अधिकारी सुवेदीले भन्नुभयो, साँझ करिव साढे ६ बजेतिर पौडी खेल्ने क्रममा बुढीगण्डकीले नदीले बगाएछ ।’’
नदीले बगाएपछि खोजतलासको क्रममा गुरुङको शव बगाएको स्थानदेखि करिव एक किलोमिटर तल गुरुङ फेला परेको डिएसपी सुवेदीले बताउनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।