Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सिरानचोकको गाँखु स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न


2K
Shares

सिरानचोकको गाँखु स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

गोरखा, १३ चैत । सिरानचोक गाउँपालिकाको गाँखु स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । एक दिने शिविरमा १८७ जनाले सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिकाको आयोजनामा भएको शिविरमा चिकित्सक डा.गुणराज लोहनीले सेवा ग्राहीहरुको स्वास्थ्य जाँच गरेका थिए ।

शिविरमा आएका मध्य १६६ जनाले प्रयोगशाला, ३५ जनाले मुटुको ईसिजी सेवा लिएको स्वास्थ्य शाखा प्रमुख श्रेष्ठले बताउनुभयो । सेवा लिन आएका सबै बिरामीलाई औषधी समेत निःशुल्क बितरण गरीएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology