Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

विद्युतीय कारोबार ऐन बमोजिम कसुर गर्ने गोरखाका अधिकारी सहित २ जना पक्राउ


3.4K
Shares

विद्युतीय कारोबार ऐन बमोजिम कसुर गर्ने गोरखाका अधिकारी सहित २ जना पक्राउ

गोरखा, १३ चैत । विद्युतीय इलेक्ट्रोनिक कारोबार ऐन, २०६३ बमोजिम कसुर गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले गोरखाका १ जना सहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा गोरखाको अजिरकोट गाउँपालिका(३ ह‌शपुर घर भई काठमाडौं तारकेश्वर नगरपालिका(४ बस्ने ३७ वर्षीय बाबुराम अधिकारी र मोरङ रंगेली नगरपालिका ७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका(९ बस्ने ४५ वर्षीय बिकाश भारती रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ ।

उनीहरुले बुद्ध एयरको हवाई टिकट खरिद बिक्रीको लागि अनलाईन कम्प्युटर प्रणालीमा अनाधिकृत रूपमा पहुँच पुर्‍याई अवैध लाभ लिने कार्यमा संलग्न रहेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको हो ।

दुवै जनालाई प्रहरीले काठमाडौं महानगरपालिका(९ गौशाला बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनीहरूलाई विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology