काठमाडौँ, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मन पराउने र मन नपराउने दुवै खालका मान्छेहरू भएको बताउनुभएको छ । मंगलबार कांग्रेस नेता सुजाता कोइरालाको आत्मकथा ुम र सानोबुवाु को विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीले जसले जे भने पनि आफूले इमान्दारपूर्वक काम गरिरहेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले भने, ुमन पर्ने र नपर्ने पनि अनौठो हुने रछ । त्यही मान्छे एकथरी मान्छेले मन परार उधुम, त्यही मान्छेलाई अर्काथरी मान्छेले मन नपरार उधुम । म त भुक्तभोगी छु । मलाई आई लभ यु भन्ने पनि छन्, आई हेट यु भन्ने पनि छन् । यो उनीहरूको राइटको कुरा हो । मैले आफ्नो काम राम्ररी गर्नुपर्छ, इमान्दारपूर्वक गर्नुपर्छ । को के भन्छ त्यो उसको कुरा हो,ु प्रधानमन्त्री ओलीले भनुभयो ।
यसअघि आजै ललितपुरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले समृद्ध नेपाल, सुखी नेपालीको सपनालाई साकार पार्न नदिनेहरू सरकारविरुद्ध लागिपरेको बताउनुभएको छ ।