गोरखा, १२ चैत । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका बिद्यार्थीहरुलाई तीन महिने निःशुल्क आधारभूत कम्युटर तालिम दिने भएको छ । गाउँपालिकाले पालिकाभित्रका एसइई सकिएपछि विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गर्न लागेको हो ।
पालिकाले आर्थिक बर्ष २०८१÷०८२ को एसईई दिएका बिधार्थीहरुलाई खेर जाने समयको सदुपयोग गर्दै कम्प्युटर शिक्षा प्रदान गर्नका लागि तीन महिने आधारभूत कम्युटर तालिम सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।
गाउँपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरुको क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क कम्युटर तालिम सञ्चालन गर्न लागेको उहाँले भनाई छ
। एसइईपछि नतिजा नआउँदासम्मको विद्यार्थीहरुको खाली समयमा खेर फाल्न दिनुहुदैन भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गर्न लागिएको हो ।