Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

कुलमानलाई हटाउने निर्णय सरकारको दुई तिहाईको दम्भ : अध्यक्ष प्रचण्ड


2.1K
Shares

कुलमानलाई हटाउने निर्णय सरकारको दुई तिहाईको दम्भ : अध्यक्ष प्रचण्ड

गोरखा, ११ चैत ः नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहनु भएका प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय दुई तिहाईको दभ्भ भएको बताउनु भएको छ ।

सोमबार साँझ सामाजिक सञ्जालमार्फत घिसिङलाई हटाउने निर्णय अन्यत्तै गलत भएको भन्दै उहाँले सरकारको कडा आलोचना गर्नुभएको छ । कुलमान आफू नेतृत्वको सरकारले पहिलो पटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको भन्दै अध्यक्ष प्रचण्डले लोडसेडिङले मुलुक आक्रान्त भइरहेका उहाँले खेलेको भूमिकालाई सरकारले नजरअन्दाज गरेको उल्लेख गर्नुभयो ।

” देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा ऊर्जा विज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उहाँको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जनजनमा जानकारी छ,”  उहाँले लेख्नुभएको छ ।

त्यस्तै कुलमानले बक्यौता पैसा उठाउनुपर्छ भनेकै कारण उनलाई सरकारले पदबाट हटाउने उद्देश्यका साथ पटकपटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको पनि अध्यक्ष दाहालको भनाइ छ ।

“सरकारले मन्त्रिपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट थाहा हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस् , यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु। ” प्रचण्डले लेख्नु भएको छ ।

सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले उक्त पदमा रहेका कुलमान घिसिङलाई हटाउँदै शाक्यलाई नियुक्त गरेको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology