Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

सरस्वती मावि आहालेको विव्यस अध्यक्षमा कट्टेल, सुपरीवेक्षण समितिमा बि.क मनोनित


3.1K
Shares

सरस्वती मावि आहालेको विव्यस अध्यक्षमा कट्टेल, सुपरीवेक्षण समितिमा बि.क मनोनित

गोरखा, ११ चैत ।  गोरखा नगरपालिका वडा नम्बर ८ आहाले स्थित श्री सरस्वती माबिको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा शरदबाबु कट्टेललाई सर्बसम्मत चयन हुनुभएको छ ।

विद्यालय व्यवस्थापन समिति पुर्नगठनका लागि आयोजित अभिभावक भेलाबाट निर्वाचित जेष्ठ सदस्य राधा भट्ट खत्रीको अध्यक्षतामा बसेको बैठकले कट्टेललाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको प्रधानाध्यापक मेधनाथ लामिछानेले जानकारी दिनुभयो ।

यसअघि भेलाबाट निर्वाचित सदस्यहरुको बैठकले शिक्षा ऐन २०७४ अनुसार शरदबाबु कट्टेल र कृष्णकुमारी बुढाथोकीलाई सदस्यमा मनोनित गरेको थियो ।

त्यस्तै गुणस्तर लेखाजोखा तथा सुपरीवेक्षण समितिका अध्यक्ष राजेन्द्र कट्टेलको अध्यक्षतामा बसेको बैठकले समाजसेवी अमृत वि.कलाई समितिको सदस्य पदमा मनोनित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology