Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे प्रचण्ड


1.8K
Shares

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौं,११ चैत । राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट वार्ता भएको छ ।

राष्ट्रपति पौडेललाई भेट्न सोमबार प्रचण्ड शीतल निवास गुग्नुभएको हो । भेटमा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरूप प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदैछ ।

उक्त छलफल अघि अध्यक्ष प्रचण्ड राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुग्नुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलका अनुसार आजको बैठकको मूल एजेन्डा संक्रमणकालीन न्यायकै विषयवस्तु रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology