Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रमुख तीन दलका शीर्ष नेताबीच आज छलफल हुँदै


2.6K
Shares

प्रमुख तीन दलका शीर्ष नेताबीच आज छलफल हुँदै

काठमाडौ, ११ चैत । सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग (टिआरसी) का पदाधिकारीको नियुक्तिलगायतका बारेमा छलफल गर्न प्रमुख दलका शीर्ष नेताबीच आज छलफल हुने भएको छ ।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दिउँसो ४ बजेपछि सिंहदरवारमा छलफलको तयारी भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा गणतन्त्रविरोधी गतिविधि, आगामी रणनीतिका बारेमा पनि कुराकानी हुने प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिनुभयो । खरेलले शीर्ष नेताबीचको बैठकका लागि समन्वय गर्नुका साथै टीआरसी ऐन् कार्यान्वयनका लागि बहुपक्षीय छलफललाई तीव्रता दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology