Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

 म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन : अध्यक्ष पुष्पकमल दाहाल


1.7K
Shares

 म जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुँदैन : अध्यक्ष पुष्पकमल दाहाल

चितवन, ९ चैत । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा नहुने दाबी गर्नुभएको छ ।

‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ जिल्ला समन्वय समिति चितवनले शनिबार आयोजना गरेको जागरण सभा सम्बोधनका क्रममा उहाँले बलिदानबाट प्राप्त उपलब्धि गुम्न नदिने बताउनुभयो ।

‘हजारौंको बलिदानबाट प्राप्त भएको उपलब्धि कुनै पनि हालतमा गुम्न दिने छैनौँ,’ पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘हामी जीवित रहँदासम्म प्रतिक्रियावादीको सपना पूरा हुने छैन । बरु तिनलाई हामी सम्पूर्ण रूपले परास्त गर्नेछौँ ।’

उहाँले संविधानमा धेरै राम्रा कुराहरू परे पनि पूर्ण नभएका कारण संशोधन गरिनुपर्ने पनि बताउनुभयो । ‘हाम्रो जीवनकालमा यो संविधानलाई परिमार्जन गर्नुछ ।

यो संविधानमा केही धेरै राम्रा कुरा परेका छन् । सबै उत्पीडित जाति, वर्ग, क्षेत्र, लिंग, समुदायको निम्ति तर, ती पूरा छैनन्,’ प्रचण्डले भन्नुभयो, ‘पर्याप्त छैनन् । हामी अझै अरु उपलब्धिको निम्ति अगाडि जानु छ ।’

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुने शासकीय व्यवस्था नभएसम्म मुलुकमा राजनीतिक स्थिरिता र विकासले गति लिन नसक्ने पनि जिकिर गर्नुभयो ।

‘यो संविधानलाई उपयुक्त हुने शासकीय स्वरुप भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति नै हो,’ प्रचण्डले भन्नुभयो, ‘जबसम्म यो देश त्यहाँ पुग्दैन, तबसम्म राजनीतिक स्थिरिता र विकासले गति लिन सक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology