गोरखा, ९ चैत । गोरखामा यहीँ चैत २६ गतेदेखि बैशाख २ गतेसम्म दोस्रो रैथाने खाना महोत्सव २०८१ हुने भएको छ । गोरखा होटल संघ, गोरखाको आयोजना एवं गोरखा नगरपालिकाको र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा खाना महोत्सवको आयोजना गर्न लागि संघले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।
‘‘संस्कृति कला रैथाने, खाना–पर्यटन प्रवद्र्धन हाम्रो चाहाना’’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको संघका महासचिव सुमन श्रेष्ठले जानकारी दिनुभयो । गोरखाको रैथाने खानाको पहिचान र प्रवद्र्धन गर्दै जिल्लालाई आन्तरिक र बाह्य क्षेत्रमा चिनाउन महोत्सव सहयोग पु¥याउने उहाँले बताउनुभयो ।
‘‘खाना महोत्सवले गोरखाको पर्यटन क्षेत्रमा नयाँ आयाम थपिनेछ, महासचिव श्रेष्ठले भन्नुभयो, ‘‘महोत्सवमार्फत यहाँको धर्म, संस्कृति रीतिरिवाज, परम्पराको संरक्षण र सम्वद्र्धनका लागि समेत टेवा पुग्नेछ ।’’
त्यस्तै महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुती, व्याक टु ९०, मध्यान्न, लेकाली, डिमर्चा, देउराली, कन्दरा, भगाव्याड, ब्रेसिस व्यान्डको प्रस्तुती रहनेछ । गोरखा नगरपालिकाले घोषणा गरेको गोरखा पर्यटन बर्ष २०२५ प्रर्वद्धन गर्न समेत महोत्सवले सहयोग पु¥याउने विश्वास लिइएको छ ।
महोत्सवमा लोपन्मुख अवस्थामा रहेका बिभिन्न सँस्कृतिहरु चुड्का, वालन, भ्याउरेलगायतका प्रस्तुतीलाई जोड दिइने उहाँले बताउनुभयो । जिल्ला भित्रका मा.विस्तरीय वक्तृत्वकला प्रतियोगिता, शैक्षिक प्रर्दशनी, बिभिन्न जातीय भेषभुषाको पर्दशनी, रैथाने खाना प्रतियोगित हुनेछ ।
महोत्सव गोरखा नगरपालिका–६, स्ति खेलकुद मैदानमा हुने आयोजकले जनाएको छ । महोत्सव सम्पन्न गर्न ३६ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ ।