काठमाडौँ, ९ चैत । सामुदायिक रेडियो प्रसारक सङ्घ ९अकोराब० नेपालले आज आफ्नो २४ औँ स्थापना दिवस मनाउँदैछ ।
दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा हानिकारक परम्परा अन्त्यका लागि रेडियो र धर्मगुरुको भूमिकाका बारेमा सरोकारवालाबीच छलफल गर्न लागिएको अध्यक्ष अर्जुन गिरीले बताउनुभयो ।
उहाँका अनुसार उक्त कार्यक्रम सङ्घको सभाकक्ष ललितपुरमा हुनेछ ।
नेपालमा हालसम्म ३ सय ८६ सामुदायिक रेडियो स्थापना भएको उल्ल्ख गर्दै अध्यक्ष गिरीले सामुदायिक रेडियोका लागि आवश्यक कानुन, नीति निर्माणका लागि आफूहरूको सङ्घर्ष जारी रहेको बताउनुभयो ।
नेपालमा सामुदायिक रेडियोको हक अधिकारको रक्षा र सहजिकरणका लागि २०५७ साल चैत ९ गते अकोराबको स्थापना भएको हो ।
सामुदायिक रेडियोहरूको साझा सञ्जाल, सामुदायिक सूचना नेटवर्क ९सीआईएन० अकोराबद्वारा सञ्चालित छ ।