काठमाडौ, ७ फागुन । नेकपा (माओवादी केन्द्र)को जागरण अभियान आजदेखि पुनः सुरू हुँदैछ । फागुन १२ देखि सुरू भएको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान फागुन २४ गते स्थगित भएको थियो ।
त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका पदाधिकारी बारा पुगिसक्नु भएको छ । त्यसपछि भोलि पर्सा र पर्सि चितवनमा हुनेछ ।
चितवनमा अभियान सकेर माओवादीका नेताहरू काठमाडौं फर्किनेछन् । काठमाडौंमा समाजवादी मोर्चाले चैत १५ गते विरोध सभा आयोजना गर्दैछ ।