गोरखा, ७ चैत । गोरखा सदरमुकामबाट गएराती १ जना पत्रकारको स्कुटर चोरी भएको छ । चोरी भएको स्कुटर गोरखा नगरपालिका(८ को नव निर्मित मानव सेवा आश्रम नजिकै रहेको खोल्सीमा वेवारिसे अवस्थामा फेला परेको छ ।
गएराती गोरखा नगरपालिका(६ को ठुलो आँगनमा रहेको आफ्नै निवासमा पार्कीङ गरी राखिएको ग. ११ प ४००२ नम्बरको स्कुटर चोरी भएको हो । उक्त स्कुटर नेपाल टेलिभिजनका पत्रकार आत्माराम श्रेष्ठको भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
प्रहरीका अनुसार अहिले बजार क्षेत्रका केही सिसि क्यामेराहरुको रेकर्ड हेर्ने काम भइरहेको छ । प्रहरीले संम्भावित चोरहरुको पनि खोजी गरीरहेको जनाएको छ ।