गोरखा, ५ चैत । गोरखाका स्ववियु निर्वाचन भइरहेको गोरखा क्याम्पस र द्रव्यशाह बहुमुखी क्याम्पस दुवैमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । जारी मतदानमा गोरखा क्याम्पसमा करिब १२ बजेसम्ममा २१७ मत खसेको निर्वाचन समितिले जनाएको छ । त्यस्तै द्रव्यशाह बहुमुखी क्याम्पसमा १२ : ३० बजेसम्म २९० मत खसेको छ ।
द्रव्यशाह वहुमुखी क्याम्पसमा मतदान गर्दै एक छात्रा
द्रव्यशाह क्याम्पसमा कुल ४६१ मत रहेको निर्वाचन समितिले जनाएको छ । गोरखा क्याम्पसमा समाजवादी मोर्चा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी, अनेरास्ववियू, अखिल समाजवादीको गठबन्धन र सत्तापक्षधर नेविसंघ र अनेरास्ववियुको गठबन्धन प्रतिस्पर्धामा रहेको छ।
गोरखा क्याम्पसमा मतदानका लागि लाइनमा बसेका विद्यार्थीहरु
गोरखा क्याम्पसमा समाजवादी मोर्चा गठबन्धनको तर्फबाट अखिल क्रान्तिकारीले सुलभ अम्गाई र नेविसंघ र अनेरास्ववियुको गठनबन्धनबाट रचन परियार चुनावी मैदानमा रहेका छन्।
गोरखा क्याम्पसमा मतदान गर्दै एक विद्यार्थी
द्रव्य शाह बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीबाट सचिन खनाल तथा नेविसंघ र अनेरास्ववियुको गठनबन्धनबाट अविन श्रेष्ठ अध्यक्षको प्रतिस्पर्धामा रहेका छन् ।
द्रव्यशाह वहुमुखी क्याम्पसमा मतदानका लागि लाइनमा बसेका विद्यार्थीहरु