गोरखा, ४ चैत । गोरखा प्रहरीले नाबालिका बलात्कार आरोपमा १ जना युकवलाई पक्राउ गरेको छ । पक्राउ परेका ब्यत्ती पालुङटार नगरपालिका–१ खोप्लाङका २२ बर्षिय सुलिन सुनार भएको प्रहरीले पुष्टी हो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्रप्रसाद सुवेदीका अनुसार आरोपित ब्यत्तीले फागुन १८ गते आइतबार राती १० बजे राती पालुङटार नगरपालिका–१० मिरकोटकी १३ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरीएको हो ।
०८१÷०८२ त कुमारी नाम दिएकी ति बालिकाको आफन्तले प्रहरीमा फागुन २६ गते सोमबार नै उजुरी दिएको र गोरखा जिल्ला अदालतबाट पक्राउको आदेश लिएर आरोपित सुनारलाई प्रहरीले चैत्र २ गते पालुङटार नगरपालिका–२ बाट नियन्त्रणमा लिएको सूचना अधिकारी सुवेदीले जानकारी दिनुभयो ।
घटना पछी उनी फरार भएकाले पक्राउ गर्न केही समय लागेको गोरखा प्रहरीले जनाएको छ ।
पक्राउ परेका सुनारलाई ३ गते नै मुद्वा दर्ता गरी अदातलबाट अनुसन्धानकोलागी म्याद थप गरीएको छ । प्रहरीले मुद्वाको अनुसन्धान सुरु गरेको जनाएको छ ।