Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाको घैरुङ स्वास्थ्य चौकीमा २ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु


2.3K
Shares

गोरखाको घैरुङ स्वास्थ्य चौकीमा २ दिने निःशुल्क स्वास्थ्य शिविर सुरु

गोरखा, १ चैत । शहिद लखन गाउँपालिका–६ को घैरुङ स्वास्थ्य चौकीमा आजदेखी निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । रिपुमर्दन गण र शहिद लखन गाउँपालिकाको आयोजनामा आज र भोली ‘बृहत स्वास्थ्य शिविर’ सञ्चालनमा आएको हो । शिविरलाई लायन्स क्लब अफ गोरखाकालिका, प्रभु र सानिमा बैंकको सहयोग रहेको क्लबका सचिव लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा विशेषज्ञ डाक्टरहरुको समूहले महिलाहरुलाई हुने पाठेघरको क्यान्सर स्क्रिनिङ्ग अर्थात भिआईए जाँच गरीनुका साथै हाडजोर्नी, स्त्री रोग, चर्मरोग, मधुमेह, जनरल ओपिडी तथा विविध रोगका परिक्षण गरीने छ ।

शिविर अवधीभर निःशुल्क प्रयोगशालाको समेत प्रबन्ध गरीएको सचिव श्रेष्ठले बताउनुभयो । शिविरमा आउने सबै बिरामीहरुलाई निःशुल्क औषधी समेतको ब्यवस्था गरीएको अयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology