Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखामा पहिलो पटक बितरक संघ गठन, अध्यक्षमा कट्टेल निर्विरोध निर्वाचित


1.7K
Shares

गोरखामा पहिलो पटक बितरक संघ गठन, अध्यक्षमा कट्टेल निर्विरोध निर्वाचित

गोरखा, १ चैत । जिल्लामा पहिलो पटक गोरखा बितरक संघ गठन गरीएको छ । थोक ब्यापारीहरुको भेलाले जिल्लामा पहिलो पटक बितरक संघ गठन गरेको हो ।

नव गठिन संघको अध्यक्षमा डण्डपानी कट्टेल निर्विरोध चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा मनकाजी श्रेष्ठ, सचिवमा बिशाल राना मगर र कोषाध्यक्षमा काजीराम श्रेष्ठ चयन भएका छन् ।

कट्टेलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति चयन भएको सचिव राना मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सदस्यहरुमा दिपककुमार श्रेष्ठ अनु, श्यामबावु जोशी, कृण्णमान श्रेष्ठ ईश्वर, गोकर्णबहादुर राना मगर, शिवध्वज खत्री, सुबाषबावु श्रेष्ठ र कमलनारायण श्रेष्ठ सर्व सम्मत रुपमा चयन भएका छन् ।

थोक बिक्रेताहरुको पश्चिमकालीमा भएको भेलाले समिति गठन गरेको हो । भेलामा नेपाल बितरक संघका केन्द्रिय महासचिव शिव खनाल, चेम्बर अफ कमर्श गोरखाका अध्यक्ष भाईचन्द्र श्रेष्ठ र गोरखा उद्योग बाणिज्य संघका अध्यक्ष भगवानबावु मास्के समेतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology