Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखा जेसिजद्वारा शैक्षिक सामाग्री बितरण


1.9K
Shares

गोरखा जेसिजद्वारा शैक्षिक सामाग्री बितरण

गोरखा,२९ फागुन ।  गोरखा जेसिजले विभिन्न बिद्यालयमा अध्ययरत बिद्यार्थीहरुकालागी शैक्षिक सामाग्री बितरण गरेको छ ।

जेसिजले आज जिल्ला भित्रको अकला मावि र जीवन ज्योति माविमा अध्ययरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरेको अध्यक्ष सुमन गुरुङले जानकारी दिनुभयो ।

बिद्यालयमा अध्ययरत बिद्यार्थीहरु मध्ये आर्थिक अवस्था कमजोर भएका र मेहनती बिद्यार्थीहरु छनौंट गरी शैक्षिक सामाग्रीहरु बितरण गरीएको हो । ति शैक्षिक सामाग्रीहरु रुम टु रिडको आर्थिक सहयोग तथा एकीरण नेपालद्वारा सञ्चालित बालिका शिक्षा कार्यक्रम अन्तरर्गत कपी, झोला, पोसाक, स्वेटर, डट्पेन र केही आर्थिक रकम प्रदान गरीएको गोरखा जेसिजले जानकारी दिएको छ ।

सबै बिद्यार्थीहरुलाई सम्वन्धित शैक्षिक संस्थामा नै पुगेर बितरण गरीएको अध्यक्ष गुरुङले बताउनुभयो । कार्यक्रममा अध्यक्ष गुरुङ, पूर्व अध्यक्ष अञ्जनबावु खत्री, रुम टु रिडका प्रतिनिधी सुश्मा राई, युनिफिकेसन नेपालका उमेश विश्वकर्मा तथा जेसिजका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology