Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

गोरखाकोे भिमसेन थापा गाउँपालिकाका नगर प्रहरी सुरक्षामात्र नभइ विपदमा पनि सक्रिय


4.9K
Shares

गोरखाकोे भिमसेन थापा गाउँपालिकाका नगर प्रहरी सुरक्षामात्र नभइ विपदमा पनि सक्रिय

गोरखा, २८ फागुन । संविधानको अनुसूची ८ र ९ अनुसार स्थानीय सरकारका काम, कर्तव्य र अधिकार २२ प्रकारका छन् । यीमध्ये सबैभन्दा पहिलो नगर प्रहरी राख्ने अधिकार छ । स्थानीय सरकारको अभ्यास सुरु भएको ८ वर्ष बित्दा गोरखाकोे भिमसेन थापा गाउँपालिकाले नगर प्रहरीमार्फत सुरक्षामात्र नभइ विपतमा पनि नागरिकको जीउधन बचाउन काम थालेको छ ।

गाउँपालिकाले नियुक्त गरेको नगर प्रहरी टोलटोलमा सामाजिक सुरक्षा भत्ता वितरण र नियमित बजार अनुगमनलगायतका काममा पनि खट्दा स्थानीयबासीले सजिलो महसुस गरेका छन् । भीमसेन थापा गाउँपालिकाले एक वर्ष अघि आफ्नै आन्तरिक स्रोत परिचालन गरेर पालिका भित्रको सुरक्षाको जिम्मा नगरप्रहरीलाई दिएको थियो ।

प्रहरीको सक्रियतासँगै अवैध नदीजन्य पदार्थको उत्खनन्को रोकथाम र राजश्व बढाउन पनि सजिलो भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारीले बताउनुभयो । पालिकामा सेवा लिन आउने नागरिकका लागि हेल्प डेक्समार्फत समन्वय गर्ने कम पनि नगर प्रहरीमार्फत भएको छ । गाउँपालिकाले नगरप्रहरीको भर्ना छनौटसँगै करिब ३ महिना आधारभूत सुरक्षा तालिम दिएर परिचालन गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology