Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखाको द्रव्यशाहमा अखिल क्रान्तिकारीका खनाल र नेविसंघका श्रेष्ठको सभापति पदमा उमेद्वारी


6.5K
Shares

गोरखाको द्रव्यशाहमा अखिल क्रान्तिकारीका खनाल र नेविसंघका श्रेष्ठको सभापति पदमा उमेद्वारी

गोरखा, २७ फागनु । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि गोरखाको द्रव्य शाह वहुमुखी क्याम्पसमा मंगलबार उमेद्वारी दर्ता भएको छ । द्रव्यशाह बहुमुखी क्याम्पसमा समाजवादी मेर्चावाट अखिल क्रान्तिकारीका सचिन खनालको सभापति पदमा उमेद्वारी परेको छ । त्यस्तै सचिवमा एलन गुरुङ, कोषाध्यक्षमा अनुप सिंखडा, सदस्यमा करुणा प्याकुरेल, सलिना थापामगर, अभिषेक तामाङ, सृजना अर्याल र अनिशा रानामगरको प्यानलको उमेद्वारी परेको छ ।

द्रव्यशाहमा नेविसंघ र अनेरास्ववियुको प्यानलबाट सभापतिमा नेविसंघका अविन श्रेष्ठले उमेद्वारी दर्ता गराउनु भएको छ । त्यस्तै सचिवमा सुप्रिन बस्नेत, कोषाध्यक्षमा अनेरास्ववियुका असिम श्रेष्ठ, सदस्यमा नेविसंघका युकेन अर्याल, सुमिका घर्ती, सायदा खातुन, सन्दिप कार्की र अनेरास्ववियुकी विपना कोइरालाको उमेद्वारी परेको छ ।

दुवै तर्फको उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुनका लागि तोकिएको छ । सोही दिन नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ । चैत ५ मा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology